म्यानचेस्टर सिटीको शानदार कमब्याक, क्रिस्टल प्यालेसमाथि ५-२ को जित

नेपालभ्युज

म्यानचेस्टर सिटीको शानदार कमब्याक, क्रिस्टल प्यालेसमाथि ५-२ को जित

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्रिस्टल प्यालेसलाई ५-२ ले पराजित गरेको छ। घरेलु मैदान इत्तेहाद रङ्गशालामा भएको खेलमा सिटीले सुरुवाती दुई गोल खाएको थियो, तर त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

खेलको २१औं मिनेटसम्म एबराची एजे र क्रिस रिचार्डले गोल गर्दै क्रिस्टल प्यालेसलाई २-० को अग्रता दिलाएका थिए। तर, केभिन डे ब्रायनले ३३औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि ओमार माउमोसले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा सिटीले आक्रामक खेल जारी राख्यो। माटो कोभासिकले खेल सुरु भएको केही समयमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। जेम्स म्याकएटीले ५६औं मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई थप फराकिलो बनाए। निको ओ रेलीले खेलको अन्तिम गोल गरेपछि सिटीले ५-२ को जित सुनिश्चित गर्‍यो।

शनिबार भएका अन्य खेलहरूमा, आर्सनल र ब्रेन्टफोर्डले १-१ को बराबरी खेले भने नटिङघम फरेस्ट एभरटनसँग १-० ले पराजित भयो। एस्टन भिल्लाले रेलिगेसनमा परेको साउथह्याम्पटनलाई ३-० ले हरायो भने ब्राइटन र लिचेस्टर सिटीले २-२ को बराबरी खेले।

तालिकामा ३१ खेल खेलेको लिभरपुल ७३ अंकसहित शीर्ष स्थानमा छ भने ३२ खेल खेलेको आर्सनल ६३ अंकसहित दोस्रो स्थानमा छ। नटिङघम फरेस्ट ५७ अंकसहित तेस्रो स्थानमा छ भने सिटी ५२ अंकसहित चौथो स्थानमा छ। एस्टन भिल्ला ५४ अंकसहित पाँचौं स्थानमा छ। चेल्सी र न्यु क्यासलको समान ५३ अंक छ, तर चेल्सीले ३१ खेल खेलेको छ भने न्यु क्यासलले ३० खेल खेलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved