काठमाडौं । काङ्ग्रेसका महामन्त्री गगन थापाले संघीयता कार्यान्वयन सम्बन्धिका कानुन समयमै पास गर्न नसकेकोमा लज्जाबोध भएको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयन कानुन पारित गर्न नसक्नु लज्जाको विषय रहेको बताए । ‘शिक्षकहरू अहिले आन्दोलनमा आउनुपरेको छ । विद्यालय शिक्षा विधेयक, प्रदेश प्रहरी सम्बन्धी विधेयक, संघीय निजामति विधेयक समयमै पारित गर्न नसक्दा लज्जाबोध भएको छ,’ उनले भने ।
महामन्त्री शर्माले संविधानको संशोधन अहिलेको आवश्यकता रहेको बताए । जप्रतिनिधिको संख्या घटाउन, संघीयतालाई चलायमान बनाउनका लागि संविधान संशोधन अपरिहार्य रहेको उनको भनाइ छ । ‘संविधनलाई सच्याउने हो । व्यवहारलाई सच्याउने हो नेतृत्वलाई सच्याउने हो तर यो व्यवस्थालाई सुदृढ बनाउने हो,’ उनले भने ।
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने उनले बताए ।’काङ्ग्रेस संवैधानिक राजसंस्थाको वकालन गर्दै आएको पार्टी हो । जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेलमा राख्दा समेत काङ्ग्रेसले संवैधानिक राजतन्त्र भन्दै आयो । राजा विरेन्द्र मर्दा कपाल खौरेर १२ दिनसम्म शोक मनाउने पात्र मै हुँ । तर नेपालको राजसंस्थाले संवैधानिक हुन खोज्दैन । नारायणहिटी छोडेर निर्मल निवास पुग्दा समेत आततायी मच्चाउन खोजिएको छ,’ उनले भने ।
राजसंस्था पुनरागमनको आन्दोलन काठमाडौंमा मात्रै चर्किएको भन्दै उनले राजधानी बाहिर यसको कुनै असर नरहेको उल्लेख गरे । नेपालले अब कुनैपनि राजनीतिक जोखिम लिन नसक्ने भन्दै वर्तमान व्यवस्थाकै सुदृढिकरणमा सबै जना केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment