भारतले बङ्गलादेशको ट्रान्जिट सुविधा हटायो, नेपाल र भुटानलाई असर नपर्ने

नेपालभ्युज

भारतले बङ्गलादेशको ट्रान्जिट सुविधा हटायो, नेपाल र भुटानलाई असर नपर्ने

काठमाडौं । भारतले बङ्गलादेशको ट्रान्जिट सुविधा हटाएको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे बङ्गलादेशलाई प्रदान गरिएको ट्रान्जिट सुविधा हटाएको जनाएको हो ।

भारतले विमानस्थल र बन्दरगाहहरूमा उल्लेखनीय रूपमा भीडभाड बढाएको भन्दै यस्तो सुविधा हटाएको विज्ञप्तिमा उल्लेख छ। ‘लजिस्टिक ढिलाइ र उच्च लागतले हाम्रा आफ्नै निर्यातमा बाधा पुर्‍याइरहेको थियो र ब्याकलगहरू सिर्जना गरिरहेको थियो’ विज्ञप्तिमा भनिएको छ,’यो सुविधा अप्रिल ८, २०२५ देखि लागू हुने गरी फिर्ता लिइएको छ।’

भारतले यी उपायहरूले भारतीय भूमि हुँदै नेपाल वा भुटानमा ट्रान्जिट हुने बङ्गलादेशको निर्यातलाई असर नगर्ने पनि स्पष्ट पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved