हिमालयन संवादमा प्रधानमन्त्री ओली : नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो

नेपालभ्युज

हिमालयन संवादमा प्रधानमन्त्री ओली : नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा सम्पन्न हिमालयन संवादको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरुको रक्षा गरेर अगाडि बढ्छौं,’ उनले भने ।

साथै, उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए । उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए ।

‘प्रकृतीको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने  आफ्नै  खालको मेकानिजम छ । प्रदूषण भयो भने सफा गर्दै लगिन्छ । जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ,’ उनले भने, ‘प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण छ । हामी विकासमा अलि पछाडि छौं । आज आएर पछाडि परेको होइन्, इतिहासदेखि नै पछाडि पारियो ।’

यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए । उनले ३०-३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।

‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो । जसले शिक्षालाई बन्देजको  विषय बनाइदियो । महिलाहरुलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण  स्रोतहरुलाई कब्जा गरियो,’ उनले भने, ‘जनताका बारेमा कुनै  शासकले सोचेनन् । जसका कारण नेपाल गरिब भयो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved