देउवाको दाबी – आदित्यनाथले हाम्रो दूतावासमा गएर राजा ल्याउने पक्षमा छैन भनिसक्नुभयो

नेपालभ्युज

देउवाको दाबी – आदित्यनाथले हाम्रो दूतावासमा गएर राजा ल्याउने पक्षमा छैन भनिसक्नुभयो

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् ।

राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उनको भनाइ छ ।

गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले यस्तो बताएका हुन् ।

उनले भने, “उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको बताइसक्नुभएछ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर, मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ, त्यहाँ गएर मेरो कुनै हात छैन । म राजा ल्याउने पक्षमा छैन भनेर आफैले भन्नुभएको छ ।”

नेपालमा प्रजातन्त्र स्थापना गर्नमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved