काठमाडौं । इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग बराबरी खेल्दा आर्सनलको उपाधि जित्ने आशा कमजोर भएको छ।
शनिबार राति भएको खेलमा एभर्टनसँग १–१ को बराबरीमा अंक बाँडेपछि आर्सनलको उपाधि जित्ने आशा कमजोर भएको हो । आर्सनलको हारले लिग लिडर लिभरपुललाई च्याम्पियन बन्न अब ८ खेल बाँकी हुँदा मात्र ११ अंक आवश्यक छ।
पहिलो हाफको ३४औं मिनेटमा आर्सनलका लिआन्ड्रो ट्रोसार्डले रहिम स्टर्लिङको पासमा काउन्टरमा उत्कृष्ट गोल गरेपनि ४९औँ मिनेटमा एलियाम एनडियायको पेनाल्टी गोलमा एभर्टन खेलमा फर्कियो । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे।
शनिबारराति नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई, एष्टोन भिल्लले नटिङ्घम फरेष्टलाई र वुल्भ्सले इप्सविच टाउनलाई समान २–१ गोलले पराजित गरे । अर्को खेलमा वेष्ट ह्याम र एएफसी वर्नमाउथले १–१ को बराबरी गर्दै अंक बाँडे।
Facebook Comment
Comment