एमसीसीलाई लेखेको पत्रबारे देउवाले यसरी खोलेका थिए प्रचण्डको पोल (भिडिओ)
नेपालभ्युज
फाइल तस्वीर
काठमाडौं । एमसीसीबारे पछिल्लो समय चर्चा चुलिएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर रहेको एमसीसी मुख्यालयलाई लेखिएको पत्र सार्वजनिक भएपछि राजनीतिमा अर्को तरंग उत्पन्न भएको छ।
यसैबीच एमसीसीको मुख्यालयलाई लेखेको पत्रबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गएको १८ कात्तिकमै खुलाएका थिए। एमसीसी कहिले पास हुन्छ भनी पत्रकारहरूले सोधेको प्रश्नमा देउवाले भनेका छन् ‘उहाँहरूले एमसीसी कहिले पास हुन्छ भनेर सोधेका थिए। हाम्रो कोअर्डिनेशन पार्टनर छन् कुरा भइरहेको छ। हामीहरू चै छिट्टै पत्रकार सम्मेलन गरेर पास गराउने जानकारी गराउँछौं।
उनले त्यस क्रममा सत्ता साझेदार दल नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले हस्ताक्षर गरेर एमसीसी कार्यालयलाई पत्र पठाएको बताएका थिए। एमसीसीले संसद् किन बन्द गरेको भनेर सोधेको र अर्कै कारणले पार्लियामेन्ट बन्द भएको देउवाले बताएका छन्।
उनले त्यस क्रममा संसद अर्कै कारण रोकिए पनि एमसीसी पास गर्न कुनै अवरोध नहुने संकेत गरेका थिए।
आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षर रहेको एमसीसीको मुख्यालयलाई एमसीसी पास गराउन र थप समय मागेको पत्र सार्वजनिक भएको थियो। पत्रमा दुवै नेताको हस्ताक्षर रहेको देखिन्छ। पत्रमा पाल र अमेरिकाबीच हस्ताक्षर सम्झौतालाई अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको लेखिएको छ।
देउवा र प्रचण्डको हस्ताक्षर रहेको उक्त पत्रमा उनीहरूले केही प्रतिबद्धतासमेत जनाएका छन्। जहाँ चार महीना अगाडि नै यसलाई पास गराउनुपर्ने पनि खुलेको छ।
यसैबीच पत्र सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरी अहिले नै पत्र सार्वजनिक गर्नुपर्ने कारणबारे सोधेका छन्। वार्ताका क्रममा प्रचण्डले एमसीसीसँग भएको सम्झौता सञ्चारमाध्यमसम्मको पहुँचमा पुर्याएको भन्दै आपत्ति जनाएका छन्।
Facebook Comment
Comment