सुनको मूल्यमा फेरि रेकर्ड कायम

नेपालभ्युज

सुनको मूल्यमा फेरि रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।

गत शुक्रबार पनि सुनको मूल्यले कीर्तिमान बनाएको थियो । सो दिन सुन १ हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved