सुनको मूल्यमा कीर्तिमान

नेपालभ्युज

सुनको मूल्यमा कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज त्याे तोडिएर अर्को नयाँ कीर्तिमान बनेको छ ।

शुक्रबार सुन १ हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेको हो । चाँदी आज तोलामा २ हजार २५ रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved