शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासत पुग्नेको सङ्ख्या ११३

नेपालभ्युज

शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासत पुग्नेको सङ्ख्या ११३

काठमाडौं । प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खड्कासहित सन्तोष राजावादी पनि रहेका छन् ।

उनीहरु शनिबार साँझ  बालुवाटार क्षेत्रबाट पक्राउ परेका हुन् । यो संगै शनिबार थप ८ जना पक्राउ परेका हुन् । शुक्रबार  १०५ जना पक्राउ परेका थिए । तीनकुने घटनामा हालसम्म प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ रहेको छ ।

शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved