काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।
मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा मङ्गलबार भएको खेलमा नेपालले दुवै हाफमा गोल खाएको थियो। चार दिनअघि सिङ्गापुरविरुद्ध मैत्रीपूर्ण खेलमा १-० को जित निकालेर उच्च मनोबलका साथ मलेसिया पुगेको नेपालले फिफा वरीयतामा ४३ स्थान माथि रहेको मलेसियाविरुद्ध राम्रो प्रदर्शन गर्न सकेन।
मलेसियालाई घरेलु मैदानमा जित दिलाउन हेक्टर हेभेल र ला’भेरे कोर्बिन ओङले एक-एक गोल गरे। यस्तै दोस्रो हाफमा कोर्बिन ओङले ७०औं मिनेटमा गोल गरे।
एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ। नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ।
नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भए पनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो।
यस समूहको अर्को खेलमा भियतनामले लाओसलाई ५-० ले हराएको छ।
Facebook Comment
Comment