विद्युत् प्राधिकरण भरतपुरको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा डिस्प्ले भएपछि…

नेपालभ्युज

विद्युत् प्राधिकरण भरतपुरको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा डिस्प्ले भएपछि…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

मङ्गलबार बिहान १० बजेतिर ३५/४० जनाको समूह वितरण केन्द्रमा प्रवेश गरी कार्यालय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड भएको केन्द्रले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासी सूचना ह्याक गरी देशका सम्मानीय प्रधानमन्त्रीलाई अवैध किसिमको गाली गलोजरअपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएका प्रधानमन्त्रीलाई अपमानजन्य सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो । यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोरभर्त्सना गर्दछ ।”

साथै, घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरमा ल्याई कारबाही गर्न केन्द्रले माग समेत गरेको छ ।

केन्द्रले डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिस्प्ले भएको विषयमा छानबिन गर्ने बताएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो । त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए । त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved