झापामा श्रीमती मृत फेला, श्रीमानको अवस्था गम्भीर

नेपालभ्युज

झापामा श्रीमती मृत फेला, श्रीमानको अवस्था गम्भीर
प्रतीकात्मक तस्वीर

काठमाडौं । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ नारायणदल चौकमा बस्दै आएकी ४० वर्षीय मनीषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् ।

उनका श्रीमान ३९ वर्षीय लालबहादुर सार्की पनि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मनीषा सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने लालबहादुरको घाँटीमा चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved