कुलमानलाई बर्खास्त गरेकोमा रविको साङ्केतिक विरोध : बिजुली निभाए, मैनबत्ती बाले (भिडिओ)

नेपालभ्युज

कुलमानलाई बर्खास्त गरेकोमा रविको साङ्केतिक विरोध : बिजुली निभाए, मैनबत्ती बाले (भिडिओ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले साङ्केतिक विरोध जनाएका छन् ।

सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले विरोधस्वरुप बलिरहेको बिजुली बत्ती निभाएर अन्धकार बनाइ केही छिनमा मैनबत्ती बालेका छन् । उनले लाइभमा केही पनि बोलेका छैनन् । लाइभको क्याप्सनमा भने उनले लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’

उनले घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्नेतर्फ सङ्केत गर्दै बिजुली बत्ती निभाएको बुझ्न सकिन्छ ।

सहकारी ठगीको मुद्दा खेपिरहेका लामिछाने करिब पाँच महिनापछि फेसबुकमा फर्किएका हुन् ।

सरकारले सोमबार प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी तोकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।

हेरौं भिडिओ :

कुलमान बर्खास्त प्रकरण : सत्ता गबठबन्धनबाटै निन्दा, प्रतिपक्षीबाट विरोध

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved