काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणमा सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो।
हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले ७० रन र सञ्जु सामसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।
यसअघि, राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले १०६ रनको शतकीय पारी खेले। ट्रभिस हेडले ६७ रनको योगदान दिए।
राजस्थानका लागि तुषार देशपाण्डेले ३ विकेट लिए। जारी आइपिएलमा यो दोस्रो खेल हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो।
Facebook Comment
Comment