योगी आदीत्यनासँग के कुरा गरे मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले ?

नेपालभ्युज

योगी आदीत्यनासँग के कुरा गरे मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले ?

काठमाडौं । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथ र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहबीच भएको भेटघात चर्चामा छ । संघीय सरकारसँग अनुमति नलिएरै भएको उनको भेटको आलोचना समेत भइरहेको छ ।

यद्यपि, अहिलेसम्म उक्त भेटमा आदीत्यनाथ र सिंहबीच भएको कुराकानी भने औपचारिक हिसाबले सार्वजनिक भएको छैन ।

भेटमा सहभागिले उनीहरूबीच राजनीतिक संवाद नभएको बताएका छन् । मुख्यमन्त्री सिंहसंगै आदीत्यनाथसँग भेटेका मधेश प्रदेश सरकारका पर्यटन दूत तथा घुमौं मधेस, बुझौं मधेस कार्यक्रममा संयोजक विकास ठाकुरका अनुसार भेटमा राजनीतिक कुराकानी भएन । आदीत्यनाथसँग सिंहले रामायण सर्किट, सिता सर्किट र अयोध्यामा आउने पर्यकटलाई जनकपुरसम्म ल्याउने विषयमा कुराकानी गरेका थिए । ठाकुरले भने, ‘अयोध्यामा आउने करोडौं पर्यटकलाई जनकी माताको मन्दिर जनकपुरसम्म कसरी ल्याउन सकिन्छ भनेर कुराकानी भएको थियो ।’

ठाकुरका अनुसार जवाफमा योगीले नेपालको विकासका लागि भारत सदा तयार भएको सुनाएका थिए । जनकपुरसम्म भारतीय पर्यटक ल्याउने, जानकी र रामायण सर्किटका विषयमा पनि योगी आदीत्यनाथ सकारात्मक सुनिएका थिए ।

उत्तर प्रदेशको बलरामपुर जिल्लामा रहेको एउटा मन्दिरमा मुख्यमन्त्रीद्धय योगी र सिंहबीच भेट भएको थियो । योगी पनि मन्दीर दर्शन गर्न आउने मौका पारेर मुख्यमन्त्री सिहं भारत पुगेका ठाकुरको भनाइ छ । उनका अुनसार मुख्यमन्त्री सिंह ‘भाकल पूरा गर्न’ गएका थिए ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहको पनि योगी आदीत्यनाथसँग भेट भएको ठाकुरले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved