कार्चेन लामा : पहिले मूर्ति चोरेको अभियोगमा जेल, अब कर्णाली प्रदेशका मन्त्री

भन्छन् : अहिले विरोध गरेर पनि कुनै तुक छैन। मन्त्री हुन्छु।

नेपालभ्युज

कार्चेन लामा : पहिले मूर्ति चोरेको अभियोगमा जेल, अब कर्णाली प्रदेशका मन्त्री

सुर्खेत। कर्णालीमा आइतबार मन्त्री पदको शपथ ग्रहण खान लागेका छिरिङ डमदोल लामा (कार्चेन लामा) मूर्ति चोरीको मुद्दाका विषय चर्चामा छ।

२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा कार्चेनलाई जिल्ला अदालत हुम्लामा दुई वर्षको जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना भएको थियो।

मूर्ति चारीको अभियोगमा २८ कात्तिक २०४९ देखि २७ कात्तिक २०५१ सम्म उनले कैद भुक्तान गरिसकेका छन्। मूर्ति चोरीका विषयमा प्रहरीले मुद्दा दायर गरेपछि तत्कालीन जिल्ला न्यायाधीश नीलकण्ठ उपाध्यायले २५ मंसीर २०५१ मा उनीसहित छिरिङ पाल्देन लामासमेतलाई दुई-दुई वर्ष कैद र पाँच-पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए।

२०४५ सालदेखि नै संयुक्त जनमोर्चामा रहेका कार्चेन २०५४ सालमा हुम्लाको बरगाउँ गाउँ विकास समिति उपाअध्यक्ष पदमा निर्वाचित भएका थिए। अध्यक्ष पदमा पदमबहादुर लामा विजयी भएका थिए। उनीहरू दुवै जना स्वतन्त्र उम्मेदवार रहेका दुई वर्षपछि कार्चेन माओवादीमा भूमिगत भएका स्थानीय छिरिङ लामाले बताए।

मन्त्री हुन लागेपछि विरोधीहरूलाई असह्य भएको कार्चेनले बताए। “त्यो मुद्दाले छेक्ने भए पहिला गाविस उपाध्यक्ष हुँदा कसैले केही बोलेन। त्यो बेला कानूनी आधारमा नै उपाध्यक्ष निर्वाचित भएको हुँ,” उनले भने, “अहिले विरोध गरेर पनि कुनै तुक छैन। मन्त्री हुन्छु। अहिले राजनीतिक रिसइवी साँध्न यो मुद्दा उचालिएको हो।”

नेकपा (माओवादी केन्द्र) भित्र नै गैरसांसद मन्त्री बनाउन लागिएको भन्दै विरोध भइरहेको छ। माओवादी केन्द्रका सांसद सांसद कृष्णा ‘शाहले हाम्रा नेताहरू नीति र विधिभन्दा पनि आफू नजिककालाई मन्त्री बनाउन कस्सिएको’ बताइन्। “यसले हाम्रो दलमाथि गम्भीर प्रश्न उठाएको मैले महसुस गरेको छु,” उनले भनिन्, “यसले पार्टीलाई राम्रो गर्दैन।”

यो पनि पढ्नुहोस् 

प्रचण्डको जोडबलमा गैरसांसदलाई मन्त्री, पार्टीभित्र असन्तुष्टि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved