पूर्वराजाले संविधान मिचे : सांसद खतिवडा

नेपालभ्युज

पूर्वराजाले संविधान मिचे : सांसद खतिवडा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ महाधराजाधिराज र शाही निशान प्रयोग गरेको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।

नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले बिहीबारको बैठकमा पूर्वराजालाई संविधान नमिच्नका लागि आग्रह गर्न सरकारलाई भनेका छन् ।

उनले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रहसमेत गरेका छन् ।

“पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडिओ सन्देशमा श्री ५ महाराजाधिराज भन्ने उल्लेख गरिएको र शाही निशान प्रयोग गरेको देखियो, शाही निशान २०६५ जेठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजाधिराज भन्ने उल्लेख छैन, त्यसैले सरकारले त्यस्ता कार्य नगर्न र संविधान नमिच्न आग्रह गरोस्,” खतिवडाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved