प्रधानमन्त्री कप क्रिकेट

मधेसलाई आर्मीको २१८ रनको लक्ष्य, भीमको अर्धशतक

नेपालभ्युज

मधेसलाई आर्मीको २१८ रनको लक्ष्य, भीमको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा आर्मीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१७ रन बनाएको हो ।

आर्मीका लागि भीम सार्कीले अर्धशतकीय पारी खेले । उनले १२६ बलमा ४ चौका प्रहार गर्दै ८९ रन जोडे । सन्तोष कार्कीले ३३ रन बनाए । कुशल मल्ल भने २४ रनमा अविजित रहे ।

मधेसका लागि रुपेश सिंह, कमल गुप्ता, पवन सराफले २–२ तथा रञ्जितकुमारले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved