एमालेको निष्कर्ष – राजतन्त्र फर्काउने प्रयास सफल हुँदैन

नेपालभ्युज

एमालेको निष्कर्ष – राजतन्त्र फर्काउने प्रयास सफल हुँदैन

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताएको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, “राजतन्त्रले पटक-पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र देशलाई पश्चगामी दिशातिर फर्काउने कुनै प्रयास सफल हुँदैन ।”

राजतन्त्रको बेलामा कस्तो अवस्था थियो बहस गर्न आवश्यक रहेकोसमेत उनले बताए ।

पछिल्ला दिनमा गणतन्त्र र नेपालको संविधानविपरीत भएका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोसमेत एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved