काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापतिका लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले बिहीबार अन्तिम नामवली सार्वजनिक गरेको हो ।
सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल, अनेरास्ववियुका प्रमित विष्ट, नेपाल विद्यार्थी संघका गोविन्द कोइराला र अखिल (क्रान्तिकारी)का प्रदिप भट्ट रहेका छन् ।
समितिले सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जना र समानुपातिकतर्फको सदस्यको लागि २४ जनाको नाम सार्वजनिक गरेको छ ।
यस्तो छ सूची
Facebook Comment
Comment