संसद्‌मा सरकारका प्रतिनिधि नपुगेपछि बैठक स्थगित

नेपालभ्युज

संसद्‌मा सरकारका प्रतिनिधि नपुगेपछि बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको नियमावलीअनुसार मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएपनि कोही मन्त्री नआएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

सरकारका प्रतिनिधि नदेखेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

‘सरकार सदनलाई हेपिरहेको छ। जनप्रतिनिधिलाई हेपिरहेको छ । हरेक कुरामा हेपिरहेको छ । अभ्यासहरू सरकार मानिरहेको छैन । अहिले सदन सुरू भएको छ । यतिखेर मन्त्रीहरूको प्रतिनिधि कोही पनि छैनन् । समितिहरूमा बैठकमा जान्छौँ । प्रतिपक्षी दल उपस्थित हुन्छ तर सरकार उपस्थित हुँदैन । मन्त्रीहरू नभएपछि यो बैठक अघि बढ्न सक्दैन,’ उनले भने ।

उनले ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved