रविको सांसद पद निलम्बनले लोकतन्त्रको जनआस्थामा प्रभाव पर्‍यो : प्रचण्ड

नेपालभ्युज

रविको सांसद पद निलम्बनले लोकतन्त्रको जनआस्थामा प्रभाव पर्‍यो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद निलम्बन अनुचित भएको बताएका छन् ।

संसद्‌मा विशेष सम्बोधन गर्दै उनले रविलाई अनुचित ढङ्गले निलम्बन गर्दा लोकतन्त्रप्रतिको जनआस्थामा प्रभाव परेको बताए । उनले भने, ‘प्रतिपक्षी नेतालाई अनुचित ढङ्गले निलम्बन गरिएको छ । त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैँ मूल्याङ्कन गर्नुहोस् ।’

रास्वपा सभापति रविमाथि सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेपछि प्रहरीको पत्राचार अनुसार सभामुख देवराज घिमिरेले उनको सांसद पद निलम्बनको सूचना प्रकाशित गरेका थिए ।

गत पुस ८ मा लामिछानेको सांसद पद निलम्बन भएको थियो । संसद् सचिवालयको सूचना भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

सभामुख घिमिरेको यही निर्णयलाई प्रचण्डले अनुचित भनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved