काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले राजसंस्था पक्षधरको जुलुसमा ओलीले नै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर राख्न लगाएको आरोप लगाएका हुन् ।
ओलीकै निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जुलुसमा राखेको राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत लगाए ।
‘आइतबार राजाको स्वागतमा योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन्,’ उनले फेसबुकमा लेखेका छन् ।

सांसद शाहीले नेपालका कम्युनिष्टहरूले कार्ल माक्र्स, भ्यादिमिर लेलिन र माओ त्से तुङका तस्वीर राख्ने गरेको पनि सम्झएका छन् ।
‘विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स ,लेलिन, माओ कुन देशका हुन ?,’ उनले प्रश्न गरेका छन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल आसपास निकालिएको जुलुसमा आदित्यनाथको तस्वीर पनि देखिएको थियो । यसलाई लिएर गणतन्त्र पक्षधरहरूले आपत्ति जनाइरहेका छन् ।
शाहीको फेसबुक स्टाटस :
Facebook Comment
Comment