च्याम्पियन्स ट्रफी

फाइनल नखेलेका हेनरी बने सर्वाधिक विकेट लिने खेलाडी

नेपालभ्युज

फाइनल नखेलेका हेनरी बने सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं । भारतविरुद्ध फाइनल नखेले पनि उपविजेता न्युजिल्यान्डका म्याट हेनरी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिताभर १० विकेट लिए ।

चोटका कारण हेनरीले फाइनल गुमाएका थिए ।

यस्तै दोस्रो स्थानमा विजेता भारतका वरुण चक्रवती छन् । उनले ९ विकेट लिएका छन् । फाइनलमा उनले २ विकेट दिएका थिए ।

तेस्रो र चौथो स्थानमा क्रमश: भारतका मोहम्मद शामी र न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर रहे । उनीहरूले ९–९ विकेट लिए पनि कम इनिङ्स खेलेका कारण वरुण अगाडि रहेका हुन् ।

शामीले फाइनलमा १ विकेट लिएका थिए भने सान्टनरले २ विकेट लिए ।

यसैगरी सूचीको पाँचौं नम्बरमा न्युजिल्यान्डमा मिचल ब्रासवेल रहे । उनले प्रतियोगिताभर ५ विकेट लिए ।

आइतबार राति यूएईमा सकिएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराएर भारतले उपाधि जितेको छ ।

सर्वाधिक रन बनाउने पाँच खेलाडी : रचिनदेखि विराटसम्म

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved