कोहल्वी नगरपालिकाका वडासचिव घुससहित पक्राउ

नेपालभ्युज

कोहल्वी नगरपालिकाका वडासचिव घुससहित पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ।

जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

सेवाग्राहीले दिएको सूचनाका आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved