ह्याकाथन आयोजना गर्दै ग्लोबल आइएमई बैङ्क

नेपालभ्युज

ह्याकाथन आयोजना गर्दै ग्लोबल आइएमई बैङ्क

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ ।

बैङ्कले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैङ्किङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

यसका साथै यस ह्याकाथनले डिजिटल बैङ्किङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैङ्कले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैङ्कसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले बैङ्कको वेबसाइट मार्फत दर्ता गर्नुपर्ने छ ।

यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

पहिलो चरणको लागि प्रतियोगीहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्ने छ । साथै,  दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved