च्याम्पियन्स ट्रफी सेमिफाइनल

अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत

नेपालभ्युज

अष्ट्रेलियामाथि घरेलु मैदानको विश्वकप फाइनलमा भोगेको पराजयको बदला लिने दाउमा भारत

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (मङ्गलबार) पहिलो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि समान दुई पटकका विजेता भारत र अष्ट्रेलिया आमने–सामने हुँदैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । भारतले समूह ‘ए’को हैसियतमा सेमिफाइनलमा समूह ‘बी’को उपविजेता अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको हो ।

भारतले आफ्नो समूहका तीनवटै खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । यता अष्ट्रेलियाले भने एक खेल जितेको थियो । अन्य दुई खेल भने वर्षाका कारण रोकिएर अङ्क बाँड्नु परेको थियो ।

यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । किनकि भारत र अष्ट्रेलिया प्रतियोगिताका बलिया टोली हुन् ।

दुई वर्षअघि घरेलु मैदानमा भएको एकदिवसीय (ओडीआई) विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै भारत उपाधि बिमुख भएको थियो । यसर्थ भारत आज यसैको बदला लिन चाहन्छ । यता अष्ट्रेलिया भने आज सोही नतिजा दोहोर्याएर फेरि भारतलाई स्तब्ध बनाउन चाहन्छ ।

हुन पनि एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया भारतमाथि हाबी छ । हालसम्म भएका १५१ खेलमा अष्ट्रेलियाले ८४ खेल जितेको छ ।

भारतले ५७ खेलमात्र आफ्नो पक्षमा पारेको छ । अष्ट्रेलियाको ब्याटिङ सबल देखिँदै आएको छ भने भारतको बलिङ पछिल्लो खेलमा धारिलो देखिएको छ ।

भारतको कप्तानी रोहित शर्माले तथा अष्ट्रेलियाको स्टिभ स्मिथले गर्नेछन् ।

दोस्रो सेमिफाइनल खेल बुधबार दक्षिण अफ्रिका र न्यजिल्यान्डबीच हुनेछ ।

न्युजिल्यान्डलाई हराएर समूह विजेता बनेको भारतले पायो अष्ट्रेलिया प्रतिद्वन्द्वी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved