पाँच वर्षमा भित्रियो ७३ अर्ब २४ करोड विदेशी लगानी

नेपालभ्युज

पाँच वर्षमा भित्रियो ७३ अर्ब २४ करोड विदेशी लगानी

काठमाडौं । पछिल्लो पाँच वर्षमा विदेशी लगानी ७३ अर्ब २४ करोड रुपैयाँ नेपाल भित्रिएको छ । उद्योग विभागका अनुसार दुई खर्ब १६ अर्ब ६५ करोड आठ लाख रुपैयाँ लगानी प्रतिबद्धता आउँदा ७३ अर्ब २४ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको हो ।

नेपालमा लगानी गर्ने भनेर धेरै विदेशी लगानीकर्ताको प्रतिबद्धता आए पनि लगानीका रूपमा भित्रिने रकम न्यून रहेको तथ्याङ्कले देखाएको छ ।

चालु आव २०८१/८२ को छ महिनामा २५ अर्ब ७७ करोड लगानी प्रतिबद्धता आउँदा छ अर्ब ५० करोड लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार आव २०८०/८१ मा ६१ अर्ब ९० करोड चार लाख रुपैयाँ लगानी प्रतिबद्धता आउँदा आठ अर्ब ५० करोड रुपैयाँ मात्र भित्रिएको छ ।

यस्तै आव २०७९/८० मा ३० अर्ब ७१ करोड नौ लाख रुपैयाँ लगानी प्रतिबद्धता आउँदा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ ।

यस्तै, आव २०७८/७९ मा ५४ अर्ब १५ करोड आठ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा १९ अर्ब २१ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

यस्तै, आव २०७७/७८ मा ३२ अर्ब सात करोड रुपैयाँ लगानी प्रतिबद्धता आउँदा १९ अर्ब ९० करोड रुपैयाँ लगानी भित्रिएको थियो । २०७६/७७ मा ३७ अर्ब ८० करोड पाँच लाख रुपैयाँ लगानी प्रतिबद्धता रहेकामा १९ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved