सैनिक र प्रहरी जवानसँग नाँचे प्रधानमन्त्री ओली (भिडिओ)

नेपालभ्युज

सैनिक र प्रहरी जवानसँग नाँचे प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना दिवस तथा महाशिवरात्रिका अवसरमा पारेर सैनिक जवान र प्रहरी जवानसँग खुसी साटासाट गरेका छन् ।

यस क्रममा उनले बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सैनिक र प्रहरी जवानसँग नाँचेका छन् । शिवसम्बन्धी भजनमा नाच्दै गरेको भिडिओ प्रधानमन्त्री ओली आफैँले सामाजिक सञ्जालमा राखेका छन् ।

‘शिवरात्रिको साँझ बालुवाटारमा नेपाली सैनिक तथा प्रहरी जवानका साथमा खुसी साट्दै,’ उनले फेसबुकमा लेखेका छन्, ‘सबै सैनिक जवान तथा सुरक्षाकर्मी साथीहरूलाई शुभकामना !’

प्रधानमन्त्री ओली बुधबार दिउँसो टुडिँदखेलमा आयोजना भएको सेना दिवसको कार्यक्रममा पनि सहभागी भएका थिए ।

साथै उनले महाशिवरात्रीको अघिल्लो दिन मङ्गलबार साँझ पशुपति क्षेत्रको भ्रमण गरका थिए ।

हेरौं भिडिओ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved