केपी ओली कप फुटबल:

एपीएफलाई टाइब्रेकरमा हराउँदै सङ्कटा सेमिफाइनलमा

नेपालभ्युज

एपीएफलाई टाइब्रेकरमा हराउँदै सङ्कटा सेमिफाइनलमा

काठमाडौं। सङ्कटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार सम्पन्न खेलमा सङ्कटाले टाइब्रकेरमा एपीएफलाई ५–३ को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रकेरमा धकेलिएको थियो।

एपीएफका सुजन पुलामीको प्रहारलाई सङ्कटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

आजको दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिष्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved