नेपाल बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

नेपालभ्युज

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दा दायर भएसँगै  निलम्बनमा परेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त थियो ।

बीमा प्राधिकरण जीवन बीमा, निर्जिबन बीमा र लघु बीमा कम्पनीहरुको नियमन गर्ने निकाय हो  ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved