च्याम्पियन्स ट्रफी

भारत सेमिफाइनल नजिक, पाकिस्तान पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल

नेपालभ्युज

भारत सेमिफाइनल नजिक, पाकिस्तान पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा सानदार प्रदर्शन गर्दै भारत सेमिफाइनल नजिक पुग्दा उसको चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान भने पहिलो चरणबाटै बाहिरिने सम्भवना प्रबल बनेको छ ।

आइतबार राति भारतले पाकिस्तानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो ।

यो समूह ‘ए’मा भारत ४ अङ्कसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड २ अङ्कसहित दोस्रो तथा अङ्कविहीन रहेका बङ्गलादेश र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

एउटा समूहबाट २ टोलीमात्रै सेमिफाइनलमा जानेछन् । यसर्थ २ खेलमा शतप्रतिशत जित निकालेपछि भारत सेमिफाइनलमा जाने लगभग निश्चित भएको छ । यद्यपि गणितीय कारणले मात्र भारत औपचारिक रुपमा अन्तिम ४ मा पुगेको छैन ।

अन्तिम खेलमा न्युजल्यान्डलाई हराएमा उ शतप्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएका अन्य खेलको नतिजाका आधारमा छिनोफानो हुने ।

यता आयोजक पाकिस्तान भने प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको पाकिस्तान दोस्रो खेलमा भारतसँग हारेको हो । अब पाकिस्तानले फेब्रअरी २७ मा बङ्गलादेशविरुद्ध खेल्नेछ ।

यद्यपि आज (सोमबार) हुने खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिने निश्चत छ । बङ्गलादेशले न्युजिल्यान्डलाई हराएमा भने पाकिस्तान प्रतियोगितामा जीवितै रहने छ । यसपछि उनले बङ्गलादेशलाई अनिवार्य हराउनु पर्नेछ । तर फेरि न्युजिल्यान्डले भारतलाई हराएको खण्डमा भने पाकिस्तान पहिलो चरणबाटै बाहिरिने निश्चत हुनेछ ।

च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारतको लगातार दोस्रो जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved