इजरायलले कब्जा गरेको तीन शरणार्थी शिविर ‘खाली’ गरियो

नेपालभ्युज

इजरायलले कब्जा गरेको तीन शरणार्थी शिविर ‘खाली’ गरियो
फाइल फोटो

जेरुसेलम ।  इजरायली रक्षामन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी शिविरलाई सेनाले ‘खाली’ गरेको जनाएको छ ।

शिविरमा आगामी एक वर्षसम्म अन्य वस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ ।

“अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भने, “मैले सेनालाई खाली शिविरहरूमा लामो समयको उपस्थितिको लागि तयारी गर्न र त्यहाँका बासिन्दाहरूको फिर्ती र आतङ्कवादको पुनरुत्थान रोक्न निर्देशन दिएको छु।”

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् ।

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भएपनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाई गरेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved