जनकपुरधाम । सिरहाकी रिङ्कुकुमारी सदायको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि भन्दै पञ्चायती बस्नेदेखि प्रत्यक्षदर्शीलगायत आठ जनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनीहरुमाथि सोधपुछपछि अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउनसमेत सकिने उनी बताउँछन् । तर, नियन्त्रणमा रहेकाविरुद्ध भने अहिलेसम्म जाहेरी परेको छैन ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
पीडित परिवारलाई तारन्तार धम्की, बलात्कार आरोपी र पञ्चायती खोज्दै प्रहरी
Facebook Comment
Comment