हनुमानढोकामा एक पुरूषको हत्या, दुईजना पक्राउ

नेपालभ्युज

हनुमानढोकामा एक पुरूषको हत्या, दुईजना पक्राउ
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतकको सनाखत भने हुन सकेको छैन । घटना बुधबार रातिको हो ।

घटनामा संग्लन रहेको आरोपमा प्रहरीले सोही स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

सीसीटीभीमा बाँसले हानेर हत्या गरेको देखेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले हत्या स्वीकार गरिसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved