चार दिनदेखि सुनको मूल्यमा लगातार वृद्धि

नेपालभ्युज

चार दिनदेखि सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो ।

सुन आज तोलाको १ लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँ, मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved