संविधानसभा सदस्य सापकोटाको निधन

नेपालभ्युज

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबीसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्डस सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved