काठमाडौं । डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने १३ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनीहरूले १ अर्ब ६४ करोड रूपैयाँ बराबरको अनलाइन जुवा खेलाएको पाइएको छ ।
जुवा खेल्ने खेलाउन काम भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बुढानीलकण्ठ नगरपालिका-६ बाट १३ जना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद वासिम छन् । यस्तै, यही कसुरमा रियाज अहमद, मोहम्मद सानबाज, जमालउद्धिन शेख, मोहम्मद हमिद रजा, मोहम्मद ओवास र अनिश कुमार छन् ।
पक्राउ पर्ने १२ जना भारतको बिहार राज्यका बासिन्दा रहेको प्रहरीले जनाएको छ । यस्तै, चौधरी भने राजस्थानका हुन् ।
उनीहरूले घरभाडामा लिएर जुवा खेलाइरहेका थिए । पक्राउ परेकालाई मुलुकी अपराधसंहिता र विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment