अर्थतन्त्रमा क्रमिक सुधार हुँदै आएको छ : अर्थमन्त्री पौडेल

नेपालभ्युज

अर्थतन्त्रमा क्रमिक सुधार हुँदै आएको छ : अर्थमन्त्री पौडेल

गण्डकी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न समर्थवान रहेकाे उनको दाबी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved