स्थानीय तह चुनावको मिति तोक्न प्रधानमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

नेपालभ्युज

स्थानीय तह चुनावको मिति तोक्न प्रधानमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावबारे निर्वाचन आयोगसँग छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले आगामी ४ जेठभित्र निर्वाचन गर्न आयोगसँग सल्लाह गरेका हुन्।

सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको प्रस्ताव आयोगका पदाधिकारीहरू पनि सकारात्मक देखिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलपछि अब देउवाले निर्वाचनको मिति तोक्न देउवाले मन्त्रिपरिषद् बैठक बोलाउन सक्ने सचिवालय स्रोतले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफल सकिएको जानकारी र्दिए। उनका अनुसार प्रधानमन्त्री देउवासँग छलफल सकिएलगत्तै आयोगका पदाधिकारी पुनः छलफलमा बसेका छन्।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरुको पाँच वर्षे कार्यकाल आगामी ४ जेठमा सकिँदैछ। त्यसको दुई महीनाअघि निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved