हमासले आज बुझाउँदैछ यी तीन बन्धक, बदलामा इजरायलले १८३ कैदी रिहा गर्ने

नेपालभ्युज

हमासले आज बुझाउँदैछ यी तीन बन्धक, बदलामा इजरायलले १८३ कैदी रिहा गर्ने

काठमाडौं । इजरायलसँग भएको युद्धविराम सम्झौताअनुसार प्यालेस्टिनी अतिवादी समूह हमासले आज थप तीन बन्धक रिहा गर्दैछ ।

हमासले रिहा हुन लागेका तीन बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा तीनजना पुरुष ओहद बेन अमी, एली शाराबी र ओर लेवी छन् ।

१९ जनवरीमा युद्धविराम सुरू भएयता हमासले १८ बन्धक रिहा गरिसकेको छ । इजरायलले पनि त्यसको बदलामा ३८३ कैदी छाडेको छ ।

हमासकाअनुसार इजरायले पनि आज थप १८३ जना कैदी छाड्ने छ । सम्झौताको पहिलो चरणमा ३३ बन्धक र १९०० कैदी रिहा गर्नु पर्नेछ ।

नेपाली बन्धक विपिन जोशीको रिहाईबारे अझै अन्योल छ । उनी कहिले छुट्छन् भनेर कुनै पनि पक्षले जनाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved