सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घटेर २७१५ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१५ कम्पनीका ९० हजार २०२ पटकको कारोबारमा  १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ रहेको छ ।

७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये हाइड्रोपावर र अन्य कम्पनीहरू सामान्य बढेको छ । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved