काठमाडौं । मधेसकेन्द्रित ८ दलको बैठक सोमबार बसेको छ ।
सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा आफ्नो पार्टीको केही विषय मस्यौदामा राख्न आग्रह गरिएको संरक्षक रेशम चौधरीले जानकारी दिए ।
बैठकपछि चौधरीले भने, “बैठक हाम्रै कार्यालयमा किन राखियो भनेर चासो बढ्यो पाइयो । तर, त्यस्तो केही होइन । पार्टीको धारणा राख्न मात्र आफ्नो कार्यालयमा बैठक राखेको हुँ ।”
उनले थप भने, “आठ दलको मोर्चाले तीन सदस्यीय मस्यौदा लेखन टोली गठन गरेको छ । त्यस मस्यौदामा मधेस तथा थरुहट आन्दोलनमा लगाइएका झुटा मुद्दा, लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, सामाजिक सञ्जाल र भूमिसम्बन्धी अध्यादेशबारे, संविधान संशोधनलगायतका विषयमा हाम्रो पार्टीको धारणा लेखिदिनुहुन भन्यौँ ।”
साथै, बैठकमा कार्यदलको आचारसंहिता बनाउने विषयमा पनि छलफल भएको चौधरीले बताए ।
Facebook Comment
Comment