लिङ्देनको आरोप : प्रधानमन्त्री ओली वरिपरिका मानिसले भ्रष्टाचार गरिरहेका छन्

नेपालभ्युज

लिङ्देनको आरोप : प्रधानमन्त्री ओली वरिपरिका मानिसले भ्रष्टाचार गरिरहेका छन्

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको वरिपरि रहेका मानिसले भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीले भ्रष्टाचार आफू पनि नगर्ने र अरूले पनि नगर्ने कुरा गरे पनि उनकै वरिपरिका मान्छेहरू त्यसमा सहभागी भइरहेको बताए ।

‘तपाईंका वरिपरिका मानिसले तपाईंले नियुक्ति गर्ने पदहरूमा करोड करोड अफर गरिरहेका छन् । धक्कुका साथ भनिरहनुभएको छ, भ्रष्टाचार गर्दिनँ भनेर तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईं वरिपरिकाले गरिरहेका छन्,’ उनले भने, ‘मलाई लाग्छ सूचनाबाट विमुख हुनुहुन्न ।’

उनले पन्चतन्त्रको राजाजस्तो पापीहरूले नदेख्ने धर्मात्माले मात्र देख्ने काम गरिरहेको भन्दै निर्माण व्यवसायीको भुक्तानीमा पनि सरकारले पैसा खाइरहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved