योगेशको टिप्पणी – अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो

नेपालभ्युज

योगेशको टिप्पणी – अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा उनले नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, “अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा अचम्म लागिरहेको छ ।”

प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू सांसद र दलले अध्यादेशको प्रक्रियाका विषयमा विमति राख्नु नौटङ्की भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved