बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

नेपालभ्युज

बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ । बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ ।

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख रुपैयाँ भुक्तानी भइसकेको बताएका थिए ।‘ ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved