पूर्वराजा शाह भैरहवाबाट गोरखपुर जाँदै

नेपालभ्युज

पूर्वराजा शाह भैरहवाबाट गोरखपुर जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह  बिहीबार भैरहवाबाट गोरखपुर जाने भएका छन् ।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा शाह त्यसतर्फ प्रस्थान गर्न लागेको पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

पाठकका अनुसार पूर्वराजा शाह अहिले भैरहवा रहेको र उनी भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम तय भएको छ।

उनले अन्य कुनै कार्यक्रम तय नभएपनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भने   भेट हुनसक्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved