योगेशको माग : पाथीभरा झडपका घाइतेलाई नि:शुल्क उपचार, प्रभावित क्षेत्रलाई सुलभ सेयर

नेपालभ्युज

योगेशको माग : पाथीभरा झडपका घाइतेलाई नि:शुल्क उपचार, प्रभावित क्षेत्रलाई सुलभ सेयर

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणबारे भइरहेको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

बुधबार पाथीभरामा बन्ने केबलकार निर्माण विवादबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सबै पक्षलाई समेटेर वार्ता गर्नु उपयुक्त हुने उनको भनाइ छ । उनले झडपमा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गनुपर्ने माग राखेका छन् ।

साथै, उनले निर्माण पक्षले केबलकारमा ७० वर्षभन्दा माथि र १० वर्षमुनिकालाई निशुल्क सेवा दिनुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिनुपर्ने माग राखेका छन् ।

भट्टराईले भने, “ताप्लेजुङका ७० वर्षभन्दा माथि जेष्ठ नागरिक र १० वर्षमुनिका बालबालिकालाई निशुल्क सेवा दिनुपर्ने मेरो प्रस्ताव छ । साथै, प्रभावित क्षेत्रलाई सुलभ सेयर दिनुपर्नेछ । केबलकार सेवामा ताप्लेजुङ बासिन्दालाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”

उनले अधिक बल प्रयोग हुन गलत भएको बताए । नेपाली पुँजी भएकोले सबैले यस आयोजनाबारे बुझ्नुपर्ने, सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

ताप्लेजुङमा के बनाउने भन्ने निर्णय गर्न हामी सक्षम छौँ : योगेश भट्टराई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved