सूर्यदर्शन सहकारी ठगी

साधारण तारेखमा छाड्नुपर्ने माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

नेपालभ्युज

साधारण तारेखमा छाड्नुपर्ने माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका छन् ।

कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका हुन् ।

लामिछानेले साधारण तारेखमा बसी मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको थियो ।

उनी बुटवलस्थित सुप्रिम  सहकारी ठगी प्रकरणमा १ करोड धरौटी रिहा भएर आइतबार राति नै पोखरा लागेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved